ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली नदीमा बगेर एक युवक बेपत्ता

नेपालगाथा २०७७ बैशाख १८ गते बिहीबार ११:५५:४३ मा प्रकाशित

हुम्ला । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका १० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका १ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् ।

काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ ।
रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top