होमपेज / समाज
काठमाडौँ । नेपालमा फेरी एक जनामा कोरोना देखिए संगै कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिए ।
यसअघि बुधबार (आज) नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।
गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन् । आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।