होमपेज / समाज
सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको आज ३७ औं दिन । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको थियो । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएपछि वीरेन्द्रनगर सुनसान बनेको छ ।
बिहान र बेलुकाको समयमा केहि मानिसहरु सडकमा देखिएपनि अन्य समय सडक पूर्ण रुपमा सुनसान हुने खटिएका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।




