होमपेज / समाज
वीरगञ्ज । बुधबार एकै दिन तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज (२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।