होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले राहतको लागि नाम टिपाउनको लागि २ वटा नम्बर खुला गरेको छ । (कोभिड(१९) महामारीलाई ध्यानमा राख्दै नगरले यस अघि राहतकालागि सम्पर्क नम्बर १०१ नम्बर सञ्चालन गरेको थियो ।
उक्त १०१ नम्बर मा राहतको लागि नाम टिपाउनका लागि अत्याधिक कल आएकोले मंगलबार (आज) देखि अर्को नम्बर सुरु गरेको हो । नगरपालिकाले राहत नाम टिपाउनका लागि ०८३–५२०१४४ नम्बर थप गरेको जानकारी दिएकाे छ ।
मंगलबार नगरपालिकाका कार्य बाहक प्रमुख मोहनमाया ढकालले सामाजिक संजाल मार्फत राहतको लागि नाम टिपाउनेको संख्या अध्याधिक आएपछि नम्वर थप गरिएको बताइ । नगरले सञ्चालन गरेको दुई वटा नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने नगरपालिकाले जानकारी दिएकाे छ ।