ट्रेण्डिङ

होमपेज / समाज

कोरोना अस्पतालमा अख्तियारको छापा

नेपालगाथा २०७७ बैशाख १६ गते मंगलबार १७:२५:४० मा प्रकाशित

चितवन । चितवनमा रहेको कोरोना विशेष अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । कर्मचारीहरुले नै सामान चोरी गरेपछि अख्तियारले छापा मारेको हो । अस्पतालका सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले कोरोना विशेष (अस्थायी) अस्पतालमा मंगलबार छापा मारेको हो ।

हेटौंडाबाट पुगेको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका गरिएको छ । प्रदेश ३ सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ दिएको थियो । कोरोना आशङ्का गरिएका र सङ्क्रमितको उपचार गर्न भरतपुर महानगरपालिकाले तयार पारेको उक्त अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।

यसैबीच कोरोना अस्पतालमा चोरी भएको भिडियो फुटेज बाहिरिएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले स्पष्टोक्ति दिएको छ। मंगलबार विज्ञप्ति निकालेर कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top