होमपेज / समाज
कैलाली । आज संसार कोरोना (Covid-19) को महामारीबाट पार पाउन पुरै बन्दाबन्दी (Lockdown) मा रहेको र संसार भरका वैज्ञानिकहरू यसको उपचारको अनुसन्धान मा दिन रात लागि रहेका छन्। तिनै वैज्ञानिकहरूको सुझाव अनुसार WHO ले बिभिन्न निर्देशनहरू जारी गर्दै आइरहेको छ, जस अनुसार कोरोनाको सबैभन्दा बढि जोखिममा बृद्ध बृद्धाहरु र दिर्घरोगीहरू को समूह रहेको छ।
यस्तो लकडाउनको समयमा यो समूह आफैले आफूलाई अत्यावश्यक पर्ने नियमित औषधिको ब्यबस्था गर्न नसक्ने र हाम्रो देशको स्वास्थ्य प्रणाली पनि नाम मात्रको रहेका कारण सरकारले पनि उपलब्ध गराउन नसक्ने अवस्था सबैलाई सर्वविदितै छ र यो समूहलाई जोखिम झन् बढेको छ। यो संकटको घडीमा अत्यावश्यक औषधिको अभावलाई मध्यनजर गर्दै युवाहरूको ब्यक्तिगत पहलबाट "मानवताका लागी हामी (We for Humanity)" अभियान सुदुरपश्चिम प्रदेशमा सञ्चालन गरिरहेका छन् ।
यो अभियानको नेतृत्व युवा अभियन्ताहरु भरत बडायर जोशी र निरज बागले गरिरहेका छन्। त्यसै गरी यो अभियानको ब्यबस्थाकिय तथा अभिलेखको जिम्मेवारी प्रताप अधिकारी र केशव राज पन्तले लिएका छन् । हालसम्म यो अभियान मार्फत एकसयभन्दा बढी ब्यक्तिहरु लाभान्वित भइसकेकाे “मानवताका लागी हामी “ अभियानका संयोजक निरज बागले जानकारी दिनुभयो ।
उहाॅंका अनुसार ब्यक्तिगत प्रयासबाट सुरु भएको यो अभियानमा जनप्रतिनिधीहरु, समाजसेवीहरु , डाक्टरहरू पनि सहकार्य गर्न जोडीदै हुनुहुन्छ । यो अभियानलाई जिल्ला संयोजकहरुले आ-आफ्नो जिल्लामा नेतृत्व गरेका छन्। जस अन्तर्गत डोटीमा दिपेन्द्र सिंह, बैतडीमा कपिल केसी, बाजुरामा दिलिप कुमार थापा, डडेल्धुरामा खगेन्द्र भट्टराई र टेक राज पन्त, दार्चुलामा रमेश भट्ट, अछाममा उमेश कुँवर र बझाङमा ललित सिंह छन्।