ट्रेण्डिङ

होमपेज / समाज

चितवनको एक मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त द्वारा मेडिकल घेराउ

नेपालगाथा २०७७ बैशाख १५ गते सोमबार १७:५६:२४ मा प्रकाशित

शिशिर सिंखडा, चितवन । पुर्बी चितवनको कालिका २, स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त हरुले मेडिकल घेराउ गरेका छन । सोमबार बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निर माया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका  श्रीमान भिम मोक्तानले बताए । मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए । पर्सा जिल्लाको ठोरी ५, सुबर्णपुर घर भएका उनिहरु हाल कालिका १, लंकालाइनमा भाडामा बस्दै आएका थिए ।

मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको सुक्राफिल औसधी दिइ भरतपुर पठाइएको बताए । मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top