ट्रेण्डिङ

होमपेज / समाज

पूर्व सचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

नेपालगाथा २०७७ बैशाख १५ गते सोमबार १७:४५:२८ मा प्रकाशित

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top