ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार महासंघको ध्यानाकर्षण

नेपालगाथा २०७७ बैशाख १५ गते सोमबार १४:४३:५१ मा प्रकाशित

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कार्य समितिका सदस्य तथा नागरिक दैनिक दैलेखका संवाददाता गोविन्द केसीलाई समाचार लेखेको आधारमा सार्वजनिक स्थानमा दिइएको धम्की प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । सोमबार विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले प्रकाशित समाचार प्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुदाहुदै यस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको हाम्रो ठहर गरेको बताएका छन् ।

केसीलार्इ यस अघि २०७७ वैशाख १० गते लिखित समाचारको विषयलाई दैलेखको नारायण नगरपालिका निवासी छत्र थापाले केसीलाई सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार गर्दैै गाली गलोज गरेका थिए । महासंघ कुनैपनि पक्षबाट यस्ता उच्छृंखल र गैरकानुनी कार्य गरिनु झन निन्दनीय भएको र  पत्रकार माथिका यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको हो ।

साथै धम्कि दिने थापासंग प्रशासनले गरेको छलफलमा उठेका विषयले महाँसघलाई थप गम्भीर र चिन्तीत बनायको र जिम्मेवार निकाय र ब्यक्तिवाट यस्ता कार्य गर्न कानुन विपरित भएकोले आगामी दिनमा स्वतन्त्र, निर्भयका साथ पत्रकारीता गर्ने वातावरण मिलाउन सम्बन्धीत पक्षसंग माग गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top