ट्रेण्डिङ

होमपेज / समाज

लकडाउन २५ वैशाखसम्म

नेपालगाथा २०७७ बैशाख १४ गते आइतबार २०:१२:१८ मा प्रकाशित

काठमाडौँ । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लडाउन भोलि १५ वैशाखसम्म रहेकोमा १० दिन थप गर्दै २५ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।

नेपालमा कोरोना नयाँ सङ्क्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएकोमा त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो भने चौथो पटक वैशाख १५ सम्मका लागि निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top