ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीबाट हाल सम्म ६ हजारको स्वाब परीक्षण, सबैको रिर्पोट नेगेटिभ

नेपालगाथा २०७७ बैशाख १४ गते आइतबार १७:२२:५७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले हाल सम्म कोरोना भाइरस (कोभिड–१९) को करिब ६ हजारको ‘थ्रोड स्वाब’ परीक्षण गरेको जनाएको छ । चैत्र २० गतेबाट संचालनमा आएको पिसिआर बिधिबाट ९ सय ३६ जनाको र चैत्र २८ गतेबाट संचालनमा आएको आरडिटी बिधिबाट ४ हजार ९ सय ७२ जनाको ‘थ्रोड स्वाब’ परीक्षण गरेको जानकारी दिएको छ । ति मध्ये सबैको रिर्पोट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
साथै मन्त्रालयले प्रदेशका १० वटै जिल्लामा आरडिटी बिधिबाट र पिसिआर प्रबिधिबाट कोरोनाको परीक्षण गर्ने काम तिब्र पारेको समेत जानकारी गराएको छ ।
दैलेखमा आरडिटी बिधिबाट ६ सय ३२, पिसिआर बिधिबाट १००, डोल्पामा आरडिटी बिधिबाट ६१, पिसिआर बिधिबाट ५, हुम्लामा आरडिटी बिधिबाट १ सय ४५, पिसिआर बिधिबाट ३०, जाजरकोटमा आरडिटी बिधिबाट २ सय २६, पिसिआर बिधिबाट १७, जुम्लामा आरडिटी बिधिबाट १ सय ४९, पिसिआर बिधिबाट ३ सय ४२, कालिकोटमा आरडिटी बिधिबाट ३ सय ३४, पिसिआर बिधिबाट १४, मुगुमा आरडिटी बिधिबाट २ सय २८, पिसिआर बिधिबाट ६, रुकुम पश्चिममा आरडिटी बिधिबाट ८ सय ७३, पिसिआर बिधिबाट ९८, सल्यानमा आरडिटी बिधिबाट ८ सय ७५, पिसिआर बिधिबाट ४६ र सुर्खेतमा आरडिटी बिधिबाट १ हजार ३ सय ७९, पिसिआर बिधिबाट २ सय ८५ को परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
साथै बिभिन्न जिल्लामा क्वारेन्टाइनमा बसिरहेको र परीक्षणलाई तिब्र पारिएको सामाजिक विकास मन्त्रालयका का.मु. सचिव धर्मजित शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top