होमपेज / समाज
सुर्खेत। रुकुम पश्चिममा १० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधा सहितको ८ कोठको अस्पताल निर्माण भएको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल तत्काल प्रयोगमा ल्याइने बताइएको छ ।
पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्माले अस्पताल निर्माणको काम १० दिनमै सकिएको जानकारी दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्दको अभियानलाई मध्यनजर गरी निर्माण गरिएको उक्त अस्पताल निर्माणका लागि नेता शर्माको नेतृत्वमा समेत टोली खटिएको थियो । अस्पताल निर्माणको काम सम्पन्न भए लगत्तै नेता शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् । उनले फेसबुक मार्फत भनेका छन् ‘हामी पनि सक्नुपर्छ र सक्छौं । जनता नै शक्तिका श्रोत हुन, सबै कुरा जनताबाट सिंकौ ।’