होमपेज / समाज
सुर्खेत । सिम्ता गाउँपालिकाका ३ हजार बढि नागरिकलाई माक्स तथा साबुन वितरण गरिएको छ । गाउँपालिका वडा नम्बर ३ ले प्रत्येक घरका सदस्यलाई पुग्ने गरि एक व्यक्ति एक माक्र्स र एक घर एक साबुन वितरण गरिएको हो । माक्र्सको विश्व भरि अभाव भएको अबस्थामा वडा कार्यलयले स्थानीय टेलर मास्टर मार्फत सिलाएर वितरण गरेको हो ।
वडामा गठन गरिएका नौ वटा युनिट एक्सन टिम मार्फत सबै नागरिकलाई माक्स वितरणको काम गरिरहेको जानकारी दिएको छ । उनीहरुले प्रत्येक टोलको घरधुरीमा पुगेर प्रत्येक घरको परिवार संख्या, भारत र अन्य देश गएको संख्या, घर बाहिर तथा नेपाल भित्र कुनै ठाउँमा गएको संख्या र दिर्ग रोगिको अबस्थाको विवरण संकलन समेत गरिएको वडा कार्यालयले जानकारी दिएको छ । .
वडाका ३ हजार १ सय नागरिकलाई माक्र्स र ७ सय १० घरधुरीलाई साबुन वितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिए ।
माक्र्स र साबुन वितरण प्रत्येक टोलका युनिट एक्सन टिमको जिम्मा लगाइसकेको र एक्सन टिमले वितरणको काम गरिरहेको उनको भनाई छ । सानै उनले एक्सन टिमले संकलन गरेको तथ्याङकको आधारमा विपन्न घरधुरीलाई खाद्यान्न वितरण गर्ने समेत बताएका छन् । टोल स्तरको युनिट एक्सन टिमले मुठी, माना, पाथि र मुरी अभियान सञ्चालन गरि आपतकालिन अन्न भण्डार गर्ने निर्णय समेत गरिएको उनको भनाई छ ।
यस्तै वडा नम्बर ४ ले पनि विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गर्न शुरू गरेको छ । वडा अध्यक्ष भिम बहादुर रावतले वडाका अति विपन्न परिवारलाई खाद्यान्न वितरणको काम सुरु गरेको जानकारी दिए । यस्तै वडा नं ६ राकमले पनि सबै नागरिकलाई एक व्यक्ति एक माक्र्स र विपन्न घरपरिवारलाई खाद्यान्न वितरणको काम सुरु गरेको वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीले जानकारी दिए ।