होमपेज / समाज
काठमाडौं । आइतबार पर्साको वीरगञ्जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुईजनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । भने संक्रमित मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका सह– प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार दुवै जना वीरगञ्ज निवासी ५० वर्षीय पुरुष हुन् । उनीहरुलई हाल वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए ।
उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको समेत उनको जानकारी दिएका छन् । यसैबीच वीरगञ्जकै कोरोना विशेष अस्पतालमा उपचारत चार जना आजै डिस्चार्ज जने समेत उनकाले जानकारी दिए ।