ट्रेण्डिङ

होमपेज / समाज

दैलेखका ७ सय बढिको रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७७ बैशाख १४ गते आइतबार ०८:३४:०० मा प्रकाशित

दैलेख । हाल सम्म गरिएको ७ सय भन्दा बढिको कोरोना परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा जिल्लाका सबै स्थानीय तहमा गरेर हालसम्म ७ सय २२ जनाको परीक्षण गरेपछि सबैको रिर्पोट नगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

त्यो मध्ये ¥यापिड टेस्ट मार्फत ६ सय ३३ जना र ८९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको कार्यालयका खोप अधिकृत थीर प्रशाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार शनिबार (वैशाख १३) सम्म आरडिटी टेस्ट विधिबाट ५८ जना महिला र ५ सय ७५ पुरुष गरी ६ सय ३३ जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top