ट्रेण्डिङ

होमपेज / समाज

१२ जनालाई कोरोना संक्रमितलाई निको भयो

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार १७:०२:४५ मा प्रकाशित

सुर्खेत । नेपाल कोरोना संक्रमित १२ जना उपचार पछि घर फर्कीएका छन् । देशभर हालसम्म ४९ जना कोरोना संक्रमित पुष्टि भएकोमा १२ जना निको भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय पुरुषको पछिल्ला दुवै परीक्षण ‘नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको छ । यसअघि शुक्रवार बाग्लुङकी महिलालाई डिस्चार्ज गरिएको थियो ।

झापाको दमकमा शुक्रवार संक्रमण पुष्टि भएका ६२ वर्षीय पुरुषका छोरा छोरा चैत ४ गते दुबईबाट आएका र आरडीटी पोजेटिभ देखिएपछि पीसीआर टेस्ट गर्दा ती वृद्धमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले बताए ।
हाल देशभर ३७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । ५ जना वीरगञ्जमा, धनगढीमा १, भरतपुरमा १ र विराटनगरमा ३० जना उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top