ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगरमा लकडाउनले प्रभावित योजनाहरुको काम अघि बढाइने

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार १५:१२:१४ मा प्रकाशित

सुर्खेत । लकडाउनको कारण प्रभावित योजनाहरुको काम अघि बढाउने वीरेन्द्रनगर नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले लकडाउन हुनुपूर्व रोकिएका विकास निर्माणका कामहरु मेसिन तथा जनशक्तिको प्रयोगबाट हुने काममा भौतिक दुरी कायम गरी रोगको संक्रमण फैलिन नदिने उपायहरुको अबवम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना बढाउने निर्णय गरेको हो ।

यस्तै बैठकले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोगथाम, नियन्त्रणका लागि लकडाउनलाई अझै प्रभावकारी गराउनको लागि हालसम्म भएका गतिविधिहरुलाई समिक्षा गरी निरन्तरता दिने निर्णय गरेको छ ।
कोरोना संक्रमण जोखिममा रहेको व्याक्तिहरुको आरडिटी स्क्रिनिग गर्नका लागि आरडिटी किट उपलब्ध गराइदिन प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने,  लकडाउनमा पनि कतिपय स्थानीय तहले गाडीहरुमा व्याक्तिहरुलाई उद्दार तथा आवतजावतको व्यवस्था गरेकाले यस नगरपालिकामा प्रवेश गर्ने मानिसहरुमा रोगको संक्रमण हुन नदिन विभिन्न क्षेत्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको कार्यबाहक प्रमुख ढकालले जानकारी दिनुभयाे ।

जसअन्तर्गत वडा नम्बर ११ को सुब्बाकुना, १४ को छेडा गढी, १ को बाँगेसिमल, २ को फलाटेमा हेल्थ डेस्क राख्ने निर्णय गरिएको हो । साथै पैदलयात्री आउने अन्य स्थानहरु बामेखोला, शक्तेकाँडा जस्ता क्षेत्रहरुमा पनि सम्बन्धित स्वास्थ्य संस्थाले व्यवस्थापन गर्ने निणय गरेको हो । यस्तै बैठकले नगरपालिका भित्र रहेका विभिन्न २० वटा विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गर्नका लागि छनोट गरेको छ भने नगरपालिकाभित्र बाहिरबाट आएका मानिसहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने र उनीहरुको सम्बन्धित वडाले निगरानी गर्ने कार्यबाहक प्रमुख ढकालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top