होमपेज / समाज
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयको आयोजनामा शुरु भएकाे ई-तालिमकाे उपकुलपति प्राडा नन्दबहादुर सिंहले ई-माध्यमबाट मन्तब्य राख्दै उद्घाटन गर्नु्भएकाे छ । ई-तालिमकाे उद्घाटन गर्दै उपकुलपति प्राडा सिंहले विश्वमा नै लकडाउन भइरहेका बेला कर्णाली प्रदेशमा पनि यसकाे असर परेता पनि प्रविधिलाई विश्विवद्यालयले लागू गर्न लागेकाे बताउनुभयाे । विश्वमा नै लकडाउन भए पनि शिक्षा, स्वास्थ्य र कृषिमा लकडाउन लाग्न नसक्ने बताउँदै उपकुलपति प्राडा सिंहले शिक्षा निरन्तर चलिरहने प्रक्रियालाई मध्यनजर राख्दै ई-तालिमकाे शुरुवात गरिएकाे बताउनुभयाे ।
विश्वविद्यालयलाई प्रविधिमय शिक्षातर्फ लैजानका लागि ई-तालिम उपलब्धीमूलक हुने बताउँदै उपकुलपति प्राडा सिंहले यसकाे समन्वय गर्ने शिक्षाशास्त्र संकायका सहायक डीन बिष्णुकुमार खड्कालगायतकाे समूहलाई धन्यवाद व्यक्त गर्नुभयाे ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन बिष्णुकुमार खड्काले शिक्षाशास्त्र सङ्काय अन्तर्गतका विभिन्न विषय प्राध्यापन गर्ने सम्पुर्ण विषयका Teaching faculties हरुको लागि दुई दिने " Developing Innovative & Technology based E-Pedagogy" थिममा पेसागत क्षमता अभिवृद्धि ई-तालिमको आयोजना गरिएकाे बताउनुभयाे । अमेरिका, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रविधि विज्ञहरुले तालिमकाे सहजीकरण गर्ने सहायक डिन विष्णुकुमार खड्काले जानकारी दिनुभयाे । तालिम १३ र १४ गरी दुई दिनसम्म सञ्चालन हुनेछ ।


