होमपेज / समाज
चितवन । कोरोना संक्रमित चितवनका एक युवा कोरोना मुक्त भएका छन् । राप्ती नगरपालिका ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवत डिस्चार्ज गर्छौं, अहिले सम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने ।
ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलले बताए । गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा छोराको ¥यापिड टेष्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो ।