ट्रेण्डिङ

होमपेज / समाज

वर्ष २०७६ लाई फर्केर हेर्दा

बिष्णुकुमार खड्का

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार ०८:१३:२३ मा प्रकाशित

बिष्णुकुमार खड्काको २०७६ सालमा भोगेका अनुभवकाे भाग सातसम्म आइपुग्दा छोरी स्पृहा ९ बर्ष पूरा गरि १० बर्षमा प्रवेश गरेको अवसरमा जन्मदिन मनाउनु भएकाे थियाे । अब हेराै साताैं भागमा के के गर्नुभएकाे छ। 

भाग आठ

  • मिति २०७६ पौष १३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस नारायण क्याम्पस दैलेखमा शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको डीनको कार्यलयबाट सङ्युक्त रूपमा अनुगमन, बैठक तथा कक्षा अवलोकन गरियो ।सोहि दिन दिउसो जन्मभुमिमा प्राथमिक तहसम्मको अध्ययन पुरा गरेको एकै सालमा जन्मिएका (म र विद्यालय : बि.स.२०३९) नेपाल राष्ट्रिय आधारभुत विद्यालय , भगवतीमाई ७ तप्लुङ्ग दैलेखको ३७ औं वार्षिकोत्सब समारोहमा सहभागी भएर मन्तव्य राख्ने क्रममा मामाघरका हजुरबुबा अग्रज शिक्षाप्रेमी मेरा प्रेरणा र उर्जाका स्रोत स्व. प्रेमबहादुर थापाको स्मरणमा भगवतीमाई वडा न. ७ का सबै विद्यालयका अन्तिम तहमा सर्बोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा र छात्रलाई स्वर्णपदक सहित नगद पुरस्कार र सम्मान पत्र आगामी बर्षदेखि लागू हुने गरि प्रदान गर्ने योजना सहित प्रेम थापा स्मृति प्रतिष्ठान स्थापना गर्ने उद्घोष गरियो । साथै उक्त विद्यालयमा दिपेन्द्र खड्काको अध्यक्षतामा भुतपुर्व विद्यार्थी सङ्गठन गठन गर्ने घोषणा गर्दै विद्यालयलाई आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने निर्णय पनि गरियो ।
  • मिति २०७६ पौष १९ घरमा सन्तान लाभ ( बाबु ) भएको शुभ खबर छ । हामीलाई ठूलो बुबा र ठूलो आमा बन्ने अवसर दिएकोमा भाइ बुहारी लोकेश र देबिलाई हार्दिक बधाई छ । बाबुलाई स्वागत सहित आशीर्वाद प्रदान गरियो l
  • मिति २०७६ पौष २१ गते कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत नेपाल एवं कृषि तथा बन बिज्ञान विश्वविद्यालय, चितवन बिच माननीय मन्त्री बिमला के.सी. ज्युको अध्यक्षतामा कृषी तथा बन बिज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलिया र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार यम बहादुर कार्कीज्यु र र मन्त्रालयका सचिव राजेन्द्र भारीज्यु बिच आपसी समझदारी (MoU) पत्रमा हस्ताक्षर कार्यक्रम समपन्न भयो । उक्त कार्यको समन्वय गर्ने, समझदारी पत्रमा साक्षीको रूपमा हस्ताक्षर गर्ने र कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक कर्णाली प्रदेश, भुमि, व्यवस्था तथा सहकारी मन्त्रालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिवारप्रती हार्दिक आभार सहित धन्यवाद व्यक्त गरियो l सोहि दिन विहान मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सङ्योजन र अनुरोधमा कृषि सङ्काय अन्तर्गत अर्गानिक कृषि कार्यक्रम सन्चालनको लागि पाठ्यक्रम निर्माण सम्बन्धि कृषि तथा बन बिज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलिया, अनुसन्धान तथा प्रशारण निर्देशक प्रा. डा. नबराज देवकोटा , मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार सह प्रा. यम बहादुर कार्की, पाठ्यक्रम विकास केन्द्रका निर्देशक सह प्रा. डा. लिलाधर तिवारी( Liladhar Tiwari), भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशका सचिव राजेन्द्र भारी, प्रशारण अधिकृत हरि प्रसाद पन्डित, अर्गानिक कृषी अधिकृत बखत खड्का(Bakhat Khadka), प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रमुख विजय गिरि , मध्यपश्चिम कृषी क्याम्पसका क्याम्पस प्रमुख छवि पौडेल, कृषि तथा बन बिज्ञान विश्वविद्यालयका अधिकृत निरन्जन कार्की लगायतसङ्ग शिष्टाचार बैठक तथा अर्गानिक कृषि कार्यक्रमको सम्बन्धमा अनौपचारिक तर गहन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 
  • मिति २०७६ पौष २३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको पाँच बर्षे रणनीतिक योजना निर्माण सम्बन्धि सरोकारवालाहरुसङ्ग छलफल तथा अन्तरक्रिया कार्यक्रम सङ्कायका डीन सह प्रा. यम बहादुर कार्कीज्युको अध्यक्षता, कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री दल रावलज्युको प्रमुख आतिथ्यता, शिक्षाबिद आदरणीय गुरु प्रा. डा. बिद्यानाथ कोइराला सर प्रमुख बक्ता र प्रा. डा. केशवराज खड्का, प्रा.डा. चन्द्र प्रसाद रिजाल, सेभ द चिल्ड्रेनका शिक्षा सल्लाहकार डा. लक्ष्मी पौडेलज्युको टिप्पणी सहित सम्पुर्ण सरकारी, गैर सरकारी, निजि लगायत विभिन्न शैक्षिक निकाय तथा विद्वानबर्गहरुको महत्त्वपूर्ण उपस्थितिमा सम्पन्न भयो ।
  • मिति २०७६ पौष २४ गते कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कर्णालीमा विश्वविद्यालय स्थापना सम्बन्धि सम्भाव्यता अध्ययनको प्रतिबेदनमा छलफल गर्न Resham Bista सर र म सहितको टीमले तयार गरेको "कर्णाली बहुप्राबिधिक विश्वविद्यालय" को स्थापना र प्रारुप सम्बन्धि प्रस्तुति गर्दै मन्त्रालयको टीम र बिज्ञहरुसङ्ग छलफल र अन्तरक्रियामा सहजीकरण गर्ने र सहभागी हुने अवसर प्राप्त भयो । 
  • मिति २०७६ पौष २६ गते शनिबार हिमाली पुस्तकालय, सुर्खेतको आयोजनामा महेश थापाको कथा सङ्ग्रह मरिचिका माथी टिप्पणी गर्ने र पुस्तक बिमर्शमा सहभागी हुने अवसर प्राप्त भयो l
  •  मिति २०७६ माघ २ गते सुदुरपश्चिमाञ्चल विश्वविद्यालय, महेन्द्रनगरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायका डीन समेत रहनुभएका रजिष्ट्रार यम बहादुर कार्की सर सहित सुदुरपश्चिमान्चल विश्वविद्यालयको टीम (शिक्षाशास्त्र सङ्कायका डीन समेत रहनुभएका रजिस्ट्रार गोबिन्द बिष्ट, प्राध्यापक संघका केन्द्रिय अध्यक्ष, Deepak Chandra Bhatt, SNE कार्यक्रम सङ्योजक Rajendra Joshi, SNE का उपप्राध्यापक डा.यज्ञप्रसाद पान्डे, लेखा प्रमुख लगायत) र छाङ्गवान विश्वविद्यालय, दक्षिण कोरियाका विशेष शिक्षाका प्रा. डा. जङ्ग दे योङ्ग सङ्ग बिशेष भेटघाट तथा शैक्षिक प्राज्ञिक कार्यक्रमहरुको सम्बन्धमा आवश्यक सहकार्यको लागि छलफल गरियो ।
  • मिति २०७६ माघ ३ गते भिमदत्त नगरपालिका, महेन्द्रनगर , कंचनपुरका नगरप्रमुख सुरेन्द्र बिष्टज्युद्वारा Visit Nepal 2020 को प्रबर्द्धनको लागि छाङ्वान विश्वविद्यालय, कोरियाका प्राध्यापक र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार सहितको टीमलाई नगरपालिकाको सभा हलमा बोलाई आतिथ्यता सहित स्वागत गरि नगरपालिकाले सुदुरपश्चिमान्चल विश्वविद्यालयसङ्ग गरेको सहकार्य र समन्वय र नगरपालिकाको २५ वर्षे गुरुयोजनाका सम्बन्धमा छलफल तथा अन्तरक्रियामा सहभागी हुने अवसर प्राप्त भयो ।
  • मिति २०७६ माघ ४ गते शनिबार  मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय अन्तरगत शिक्षा शास्त्र केन्द्रिय क्याम्पसमा संचालित स्नातकोत्तर तह (एम.एड.) को प्रवेश परिक्षाको स्थलगत अवलोकन तथा निरिक्षण गर्ने काम सम्पन्न भयो । केन्द्रिय क्याम्पस लगायत आङ्गिक क्याम्पसहरुमा आज सन्चालित प्रवेश परिक्षामा विद्यार्थीहरुको सहभागिता उत्साहजनक रहेको पाइयो । सोहि दिन मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निमन्त्रणा स्वीकार गरि पाल्नु भएका छाङ्गवाङ विश्वविद्यालय , दक्षिण कोरियाका विशेष आवश्यकता शिक्षा (SNE) का पुर्व डीन एवं नेपालका विश्वविद्यालयहरुमा उक्त विषयको कार्यक्रम सन्चालन गर्न हौसला र सहयोग गर्ने प्रेरणादायी व्यक्ती प्रा.डा. जङ्ग देय योङ्ग र सुदुरपश्चिमान्चल विश्वविद्यालयका SNE विषयका उपप्राध्यापक आत्मीय मित्र डा. यज्ञराज पाण्डे (YR Pandey) सरलाई Visit Nepal 2020 को सन्दर्भमा काक्रेविहार र बुलबुले उद्धान पुर्याइयो र रारा लगायत कर्णाली भिजिटको निम्तो दिई काठमाडौको लागि नेपालगन्ज एअरपोर्टबाट बिदाई गरि सुर्खेत फर्कियो ।
  • मिति २०७६ माघ ५ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको विद्या परिषदको बैठक सङ्कायका डीन एवं नि. रजिस्ट्रार यम बहादुर कार्कीज्युको अध्यक्षतामा बसि स्नातक (बि.एड.) तहको कार्यक्रमलाई आगामी शैक्षिकसत्र देखि लागू हुने गरि दुई धार ( Two Stream) मा सन्चालन गर्न पाठ्यक्रम संसोधन लगायतका आवश्यक प्रक्रिया अगाडि बढाउने, विशेष आवश्यकता शिक्षा (Special Needs Education/ समाहित शिक्षा ( Inclusive Education) को स्नातक तहको कार्यक्रम संचालन गर्न पाठ्यक्रम निर्माण लगायतका आवश्यक तयारी गर्ने, स्नातकोत्तर तहमा M.Ed. in ICT Education को पाठ्यक्रम निर्माण गर्ने र बिज्ञान शिक्षाको स्नातक तहको तेस्रो सेमेस्टरको पाठ्यक्रमलाई स्विकृतिको लागि प्राज्ञिक परिषदमा पेश गर्ने निर्णय गर्दै सम्पन्न भयो । 
  • मिति २०७६ माघ ८ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, व्यवस्थापन सङ्कायमा एम. फिल. दोस्रो व्याचको अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा  आतिथ्यता ग्रहण गरियो l
  • मिति २०७६ माघ ९  गते मानव विकास संसोधन माहसाखा, कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले  माध्यमिक तहका अंग्रेजी शिक्षकहरूलाई  "Integrating Language Skills in ELT" पेशागत तालिमको सहजीकरण गरियो l
  • मिति २०७६ माघ १५ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले तयार गरेको विभिन्न १३ वटा कार्यबिधी तथा निर्देशिकाहरुको मस्यौदामाथी शिक्षाशास्त्र केन्द्रिय क्याम्पसको समन्वय र सहकार्यमा केन्द्रिय क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुसङ्ग बिज्ञ प्रा. डा. चन्द्र प्रसाद रिजालज्युको सहजीकरणमा सम्पन्न भयो । उक्त कार्यशालामा प्रमुख अतिथी श्रीमान रजिस्ट्रार एवं शिक्षाशास्त्र सङ्कायका डीन यम बहादुर कार्कीज्यु, बिज्ञता प्रस्तुत गरि कार्यबिधी तथा निर्देशिका निर्माण गर्ने विज्ञ प्रा.डा. चन्द्र प्रसाद रिजाल सर सहित आफ्नो महत्त्वपूर्ण राय सुझाव पेश गरि कार्यबिधी र निर्देशिकाहरुलाई पुर्णता प्रदान गर्न महत्त्वपूर्ण योगदान गर्नुहुने क्याम्पस प्रमुख सहित केन्द्रिय क्याम्पस परिवारका प्राध्यापक कर्मचारी मित्रहरु प्रती हार्दिक आभार सहित धन्यवाद व्यक्त गरियो l
  • मिति २०७६ माघ १६ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस विद्यापुर जनता बहुमुखी क्याम्पस, विद्यापुर, सुर्खेतको १३ औं वार्षिकोत्सब तथा क्याम्पस भवन समुदघाटन कार्यक्रम र शिक्षाशास्त्र सङ्कायको पाँच बर्षे रणनीतिक योजना निर्माण सम्बन्धि सरोकारवालाहरु सङ्ग छलफल तथा अन्तरक्रिया कार्यक्रम क्याम्पस प्रमुख डिल्लीराम भण्डारीको अध्यक्षता र नेपाल सरकारका माननीय स्वास्थ तथा जनसंख्या राज्यमन्त्री नवराज रावतज्यु, विशेष अतिथि राष्ट्रिय सभाका माननीय संसद नन्दा शर्मा, कर्णाली प्रदेश सभाका माननीय उपसभामुख पुष्पा घर्तिज्यु लगायत पालिका तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज लगायत सम्पुर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, आम अभिभावकज्युहरुको सकृय सहभागीता रहेको उक्त कार्यक्रममा रणनीतिक योजना र बिबिध सवालमा शुभकामना मन्तव्य राखियो । सोहि दिन  बिद्याकि देवि सरस्वतीको पुजा विद्यापुर, सुर्खेत स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस , विद्यापुर बहुमुखी क्याम्पसमा सम्पन्न भयो l
  • मिति २०७६ माघ १८ गते शनिबार दिउँसो गणित शिक्षा परिषद सुर्खेत शाखाको अायाेजनामा सञ्चालन भएको विद्यालय स्तरीय गणित हाजिरी जवाफ कार्यक्रममा सहभागी भइयो । मलाई आमन्त्रित गरि नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेश र मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायको तर्फबाट विशेष अतिथिको रूपमा शुभकामना मन्तव्य राख्ने र बिजेताहरुलाई पुरस्कार तथा सम्मान गर्ने अवसर प्राप्त भयो l
  • मिति २०७६ माघ २० गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रिय क्याम्पस, स्नातक तह तेस्रो सेमेस्टरका विद्यार्थीहरुले स्नातक तह प्रथम सेमेस्टरमा अध्ययन गर्न आएका नब आगन्तुक विद्यार्थीहरुको स्वागतमा आयोजना गरेको स्वागत तथा सास्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरि स्वागत गर्ने र शुभकामना मन्तव्य राख्ने अवसर प्राप्त भयो l
  • मिति २०७६ माघ २१ गते कर्णाली प्रदेश सभाको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइयो l
  • मिति २०७६ माघ २४ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, केन्द्रिय कार्यलयको आयोजनामा "कर तथा लेखा प्रणाली सम्बन्धि अभिमुखिकरण कार्यशाला गोष्ठी" विश्वविद्यालयका लेखा सम्बन्धि कर्मचारीहरुका लागी नि. रजिस्ट्रार यम बहादुर कार्कीज्युको अध्यक्षता र अख्तियर दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यलय प्रमुख शेष नारायण पौडेलज्युको प्रमुख आतिथ्यता र सहजीकरणमा  सम्पन्न भयो l सोहि दिन दिउसो मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउन माग गर्दै पहिलोपटक मागको मस्यौदा सहित पत्रकार भेटघाट आयोजना गरी त्यसको बहसको प्रारम्भ गरियो l
  • मिति २०७६ माघ २५ गते शनिवारिय दैनिकी छोराछोरीहरुसङ्ग काक्रेविहार घुमघाम गरियो l

क्रमश:

प्रतिक्रिया

सम्बन्धित खवर

Top