ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनमा के गर्दै छ मध्यपश्चिमाञ्चल विश्वविद्यालय (फाेटाे फिचर)

कर्णाली प्रदेशका विभिन्न कार्यालयमा नि:शुल्क सेनिटाइजर वितरण

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार ०७:३१:५० मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सेनिटाजर उत्पादन गरेकाे छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहकाे निर्देशनमा युवा वैज्ञानिक राजेन्द्र विष्ट र विज्ञान स‌ंकायका उपप्राध्यापकहरुकाे सक्रियतामा सेनिटाइजर उत्पादन भएकाे हाे । यसरी उत्पादन गरिएकाे सेनिटाइजर कर्णाली प्रदेशका विभिन्न कार्यालयमा शुक्रबार नि:शुल्क वितरण गरेकाे छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभाका सभामुख राजबहादुर शाही, प्रदेश अस्पताल कालागाउँमा विश्वविधालयले उत्पादन गरेकाे सेनिटाइजर कार्यकक्षमै पुगेर निःशुल्क वितरण गर्नुभयाे ।

विश्वविद्यालयले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको नेमारे व्यारेक, सशस्त्र प्रहरी बल गण, जिल्ला प्रहरी कार्यालय र सर्वसाधारणलाई समेत निःशुल्क वितरण गरिएको विज्ञान संकायका उपप्राध्यापक पञ्चदेव भट्टले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा काेराेना भाइरस राेकथाम, नियन्त्रण र उपचारमा आवश्यक परेकाे खण्डमा परिचालित हुनेगरी  विश्वविद्यालयले ८०५ जना स्वयमसेवक पनि तयार गरेकाे छ । विश्वविद्यालयमा कार्यरत पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुकाे स्वयमसेवककाे नामावली उपकुलपति प्राडा नन्दबहादुर सिंहले प्रदेश सरकार समक्ष पेश गर्नुभएको छ । प्रदेश सरकारले आवश्यकता ठानेमा स्वयमसेवकहरु जतिवेला पनि उपलब्ध हुने उपकुलपति  सिंहले जानकारी  दिनुभयाे ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र उपप्राध्यापकहरु लकडाउनका बेला के गर्दैछन् । हेराैं तस्वीर ।

तस्वीर आफै बाेल्छ :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top