होमपेज / समाज
सुर्खेत । कोरोना संक्रमणको परीक्षण अब सुर्खेतबाट समेत हुने भएको छ । कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको पीसीआर मेशिन सुर्खेत पुगेपछि अब सुर्खेतबाट समेत परीक्षण हुने भएको हो ।
यसअघि सुर्खेतमा रहेको पीसीआर विधिबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन ‘क्रस भेरिफिकेशन’ का लागि नमुना काठमाण्डौं पठाउनु पर्ने बाध्यता थियो । मेसिन सुर्खेत आइपुगेको र अब परीक्षण थालिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । बिहीबार मेशिन सुर्खेत अाइसकेकाले अब तत्काल त्यसबाट परिक्षण सुरु गरिने स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रिता भण्डारीले जानकारी दिइन ।