ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगर नगरपालिकाले १६ हजारलाई राहत वितरण

नेपालगाथा २०७७ बैशाख १२ गते शुक्रबार १८:०८:४२ मा प्रकाशित

सुर्खेत । स्थायी बसोबास गर्दै आएका र विभिन्न सिलसिलामा अस्थायी बसोबास गर्दै आएका १६ हजार ८ नागरिकलाई वीरेन्द्रनगर नगरपालिकाले राहत स्वरूप खाद्यान्न वितरण गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बच्न गरिएको लकडाउनबाट प्रभावितलाई नगरपालिकाले दुई चरणमा राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पहिलो चरणमा नगरका स्थायी बासिन्दा ६ हजार ६ सय ८२ परिवारलाई राहत वितरण गरेको र दोस्रो चरणमा नगरमा बस्दै आएका विद्यार्थी तथा मजदुरलाई ९ हजार ३ सय २६ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले प्रति ६ जनाको परिवारलाई ३० किलो चामल, १ किलो नुन, १ किलो दाल र १ लिटर तेल र प्रतिविद्यार्थि ५ किलो चामल, १÷१ किलो दाल, नुन र १ लिटर तेल वितरण नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top