ट्रेण्डिङ

होमपेज / समाज

कोरोना रोक्न स्वास्थ्य टोली परिचालन हुँदै

नेपालगाथा २०७७ बैशाख १२ गते शुक्रबार १८:०३:४५ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को नियन्त्रणका लागि सरकारले स्वास्थ्य टोली परिचालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्नका लागि स्वास्थ्यकर्मीको नयाँ समूह बनाई परिचालन गर्ने तयारी गरेको हो । मन्त्रालयले जनस्वास्थ्य अधिकृतको नेतृत्वमा ल्याब प्रयोगशालाको कर्मचारी र नर्स समेत एक–एक जना रहने गरी तीन जनाको समूह बनाई प्रत्येक स्थानीय तहमा परिचालन गर्न लागेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरण गर्न भन्दै त्यस्तो समूह गठन गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार त्यस्तो समूह महानगरपालिकामा पाँच वटा, उपमहानगरपालिका तीन वटा, नगरपालिकामा दुई वटा र गाउँपालिकामा एउटाका दरले खटाइनेछ ।

आज मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले यो समूह बनाउँदा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर परिचालन गर्ने गरी तयार गरिएको बताएका छन् । यदि नपुग भए मागअनुसार जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पूर्ति गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top