ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंमा रहेका दैलेखका ३ सय बढीकाे उद्धार

नेपालगाथा २०७७ बैशाख १२ गते शुक्रबार १२:२२:५३ मा प्रकाशित

काठमाडौं । लकडाउनको कारण काठमाडौँमा रहेका अलपत्र परेका दैलेखका तीन सयभन्दा बढी नागरिकलाई उद्धार गरी घर गृह जिल्ला पठाइएको छ । बुधबार रातिसम्म सम्पर्कमा आएका ३ सय भन्दा बढीलाई दैलेख पठाइएको हो । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, दैलेखबाट निर्वाचित संघीय, प्रदेश सांसदको समन्वयमा उद्धार गरिएको हो ।

काठमाडौंमा रहेका नेकपा दैलेखका नेता, जनप्रतिनिधिहरुलाई उद्धार गर्ने जिम्मेवारी तोकिएको छ । भैरवी गाउँपालकाका लागि नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, गुराँस गाउँपालिकाका लागि टोपबहादुर बिसी, भगवतीमाई र डुंगेश्वरका लागि धर्मराज रेग्मी र हिक्मत थापा रहेका छन् ।

यस्तै नारायण नगरपालिका लागि पार्वती विशुन्के, महाबुका लागि रवीन्द्रराज शर्मा र नन्द विष्ट, नौमुलेका लागि नरबहादुर हमाल र प्रताप शाही ,दुल्लु गरपालिकाका लागि विनोदकुमार शाह, चामुण्डाका लागि शेरबहादुर रावत, ठाटिकाध र आठबिस नपाका लागि सुस्मिता सिंह, राजबहादुर बुढा, तर्कबहादुर शाही उद्धार टोलीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top