होमपेज / समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा देखिएका सबै कोरोना संक्रमितलाई सन्चो भएको बताएका छन् । नेपालकी सबै भन्दा पाको कोरोना संक्रमित निको भएसँगै काठमाडौं कोरोना बिरामी मुक्त भएको जानकारी प्रधानमन्त्री ओलीले ट्विटरमार्फत गराएका हुन् । कोरोना संक्रमित सबै भन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो हुनु भए सँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामीमुक्त भएकोमा सन्तोष लागेको छ ।
डिस्चार्ज भएका सबैको फेरि एकपटक सुस्वास्थ्यको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन् । काठमाडौं उपत्यकाका अस्पतालमा उपचाररत सबै बिरामी निको भएर फर्किएका हुन् ।