ट्रेण्डिङ

होमपेज / समाज

एक सय बढि डोल्पाबासीलाई उद्धार गरी डोल्पा पठाइयो

नेपालगाथा २०७७ बैशाख १२ गते शुक्रबार ०९:१८:३० मा प्रकाशित

सुर्खेत । लकडाउनका कारण अलपत्र परेका एक सय भन्दा बढि डोल्पाबासीको उद्धार गरिएको हो । देशका विभिन्न क्षेत्रहरु दैलेख, काठमाडौँ लगाएका ठाउँबाट सुर्खेत आएका तथा सुर्खेतमा अध्ययनरत विद्यार्थीहरुलाई बिहीबार डोल्पा पठाइएको हो ।

डाेल्पा–सुर्खेत सम्पर्क मन्चको पहलमा कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा तथा प्रदेश सभाका सदस्य वीर बहादुर शाहीको सहयोगमा उनीहरुलाई डोल्पा पठाइएको मञ्चका अध्यक्ष दिलिप कुमार सिंहले जानकारी दिए । 

अध्यक्ष सिंहले उद्धार गरिएका अधिकांश विद्यार्थी तथा उपचारको लागि देशका विभिन्न ठाउँमा गएका तथा लकडाउन पछि अलपत्र परेको रहेका बताए ।
उनीहरुलाई बिहीबार नै दुई वटा गाडि बुक गरेर पढाइएको र थप सुरक्षाको लागि माक्स, गोल्प्स पनि वितरण गरिएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top