ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयद्वारा सेनिटाइजर उत्पादन कार्य सुरु

नेपालगाथा २०७७ बैशाख ११ गते बिहीबार २०:०६:०६ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सेनिटाईजर उत्पादन कार्य सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका बिच विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले उक्त कार्यको सुरुवात गरेका हुन । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाममा उपयोग हुनेगरी सेनिटाइजर उत्पादन तथा अध्ययन अनुसन्धानका साथै विभिन्न क्षेत्रको अध्ययन प्रयोगशाला बनाउने उद्देश्यले सेनिटाइजर उत्पादन सुरु गरिएको हो । सुरुवातको पहिलो दिन बिहिबार मात्रै ९ सय थान उत्पादन गरिएको जानकारी दिइएको छ । विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको साइन्स ल्याबमा सेनिटाईजर उत्पादन सुरु गरिएको थियो ।
उत्पादन कार्यको सुरुवात गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्द बहादुर सिंहले विश्वविद्यालयलाई समुदाय र इन्डस्ट्रीसङ्ग जोड्दै उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धि एवं समाज सेवासङ्ग जोड्ने यो ऐतिहाँसिक सेनिटाइजर उत्पादन परियोजनाको समन्वय गरिएको बताए । हाल सानो क्षमतामा उत्पादन सुरु गरिएको भएपनि यसको आवश्यकता र बजारिकरणका आधारमा अटोमेटिक मेसिन खरिद गरी उत्पादनलाई बृद्धि गर्दै लगिने उनको भनाई थियो । पहिलो पटक उत्पादन गरिएका ९ सय पिस सेनिटाईजर प्रदेश अस्पताल कालागाउँ, मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरुमा निःशुल्क वितरण गरिने बताइएको छ ।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार याम बहादुर कार्कीले लकडाउनको समयमा सम्पुर्ण व्यवस्थापन र समन्वय गरी यो सफलता हाँसिल गरेकोमा सेनिटाइजर उत्पादन समन्वय समितिको टीमलाई धन्यवाद व्यक्त गरे । युवा बैज्ञानिक राजेन्द्र बिष्टले विश्वविद्यालयको संयोजनमा भएको सेनिटाइजर अन्य उत्पादन भन्दा सस्तो, गुणस्तरीय र स्वास्थकर रहेको दाबी गर्दै विश्वविद्यालयसंग जोडिएर आगामी उत्पादन कार्यमा सङ्गसङ्गै सहकार्य गर्ने प्रतिबद्धता जाहेर व्यक्त गरे ।

उक्त परियोजनाको समन्वय समितिका सङ्योजक समेत रहेका शिक्षाशास्त्र सङ्कायका सहायक डीन बिष्णुकुमार खड्काले शुक्रबार देखी नै विश्वविद्यालयको लोगो रहेको स्टिकर टाँस गरी कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्रालयहरु, अस्पतालहरु र सर्वसाधारणको लागि पहिलोपटकको उत्पादन निशुल्क वितरण गरि बिक्री वितरण गर्ने गरी दोस्रो चरणको उत्पादन गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top