ट्रेण्डिङ

होमपेज / समाज

थप दुई जना कोरोना संक्रमित

नेपालगाथा २०७७ बैशाख ११ गते बिहीबार १८:५९:१२ मा प्रकाशित

काठमाडौं । नेपालमा दुईजना कोरोना संक्रमित भेटिएका छन् । जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना रोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । भने धनुषाको जनकपुरस्थित एकजना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । यससँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

यस्तै कोरोना निको हुनेको संख्या पनि ९ पुगेको जानकारी डा. देवकोटाले दिएका छन् । देवकोटाका अनुसार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजना पनि निको भएका छन् । बेलायतको लण्डनबाट चैत ४ मा आएका उनीहरु कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा थिए । यो सँगै बिहीबारसम्म देशका विभिन्न अस्पतालमा उपचार गर्नेको संख्या ३८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top