ट्रेण्डिङ

होमपेज / समाज

युरोपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

युरोपभरी कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ४६ हजार ८४०

नेपालगाथा २०७७ बैशाख १० गते बुधबार १८:०९:२४ मा प्रकाशित

पेरिस । कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ । नेपाली समयानुसार बुधबार अपराह्न ३ बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको एएफपीले जनाएको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ ।

हालसम्म युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा बनेको छ ।

कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३ जनाले ज्यान गुमाएका छन् ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top