ट्रेण्डिङ

होमपेज / समाज

कोरोना जित्नेको संख्या ७ पुग्यो

नेपालगाथा २०७७ बैशाख १० गते बुधबार १७:२८:२८ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये ७ जना उपचार पछि घर फर्कीएका छन् । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी  चैत ६ गते १ सय ६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी (९५३७ विमानमा  नेपाल आएका थिए ।

पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top