ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

नेपालगाथा २०७७ बैशाख १० गते बुधबार १६:३९:२४ मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको बताएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोनो पोजिटिभ देखिएको हो ।

बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा देखिएको बताए । उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए । हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । आज सेती अस्पतालमा उपचारत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top