होमपेज / समाज
दैलेख । कर्णाली प्रदेश सभा सभामुख माननीय राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । मंगलबार कोरोना भाइरस फैलन नदिन शाहीले अतिआवश्यक पिपिआर लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका हुन ।
स्वास्थ्य सामाग्री वितरण गरेकोमा सभामुख शाहीलाई चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले धन्यवाद ज्ञापन गर्दै व्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपतको बेलामा निकै राम्रो काम भएको बताए ।
यस्तै शभामुख शाहीले भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधी तथा अन्य सामाग्रीहरु सहयोग गरिसकेको र ठाँटिकाँध गाउँपालिका र आठविस नगरपालिकामा समेत सहयोग गर्ने बताए ।