होमपेज / समाज
काठमाडौँ । काठमाडौमा दुई जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका दुई जना नर्समा दुई पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको कारागार व्यवस्था विभाग श्रोतले जानकारी गराएको छ ।
आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै छ । उनीहरुको पिसिआर परीक्षणको नतिजा आएपछि मात्र कोरोना संक्रमण भए वा नभएको टुंगो लाग्नेछ।