ट्रेण्डिङ

होमपेज / समाज

झुठो अफवाह फैलाएको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ बैशाख ९ गते मंगलबार १८:२०:४१ मा प्रकाशित

सप्तरी । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सम्बन्धमा दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत प्रहरीले कुटपिट गर्दा उनको मृत्यु भएको भनी झुठो अफवाह फैलाएपछि सोही नगरपालिका-७ कुनैलीमोडबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top