ट्रेण्डिङ

होमपेज / समाज

सिम्ता गाउँपालीकाको क्वारेन्टाईनमा वसेका सवैको रिर्पोट नेगेटिभ

नेपालगाथा २०७७ बैशाख ९ गते मंगलबार १७:२७:०९ मा प्रकाशित

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालीकाको क्वारेन्टाईनमा वसेका सवैको रिर्पोट नेगेटिभ आएको छ । केहि दिन अघि मात्रै भारतको गौरिफन्टा नाकाबाट आएका गाउँपालिकाका विभिन्न स्थानका नागरिकलाई गाउँपालीकाले वागेश्वरी माविमा रहेको क्वारेन्टाईनमा राखेको थियो ।

क्वारेन्टाईनमा बसेका सवैको रिर्पोट नेगेटिभ आए पछि उनीहरुलाई घर पठाएको जाउँपालिकाले जानकारी दिएकाे छ । भारतको गौरिफन्टा नाकाबाट भित्रीएका सिम्ताका स्थानीयलाई महेन्द्र वहुमुखि क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो तर त्यहाँबाट भागेर उनीहरु बाँके र वर्दियामा आफन्तकहाँ लुकेर वसेकाे समेत पाइएकाे थियाे । उनीहरुलार्इ पनी गाउँपालीकाले सिम्तामा ल्याएर क्वारेन्टाईमा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top