ट्रेण्डिङ

होमपेज / समाज

आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

नेपालगाथा २०७७ बैशाख ९ गते मंगलबार १७:०५:१४ मा प्रकाशित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नागरिकमाथि रोक लगाउने घोषणा गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने तात्कालिक आदेशमा छिट्टै हस्ताक्षर गर्ने बताएका छन्। कोरोना भाइरसको संकटका कारण अमेरिकामा सीर्जित बेरोजगारीलगायतका आर्थिक समस्याका कारण ट्रम्पले यस्तो कदम चाल्न लागेको बुझिएको छ। तर यसको प्रक्रियातथा मापदण्ड के हुने भन्नेबारे अहिले केही स्पष्ट जानकारी दिइएको छैन।

ट्रम्पले ट्वीटमा भनेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र हाम्रा महान नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दैछु।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top