होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको पहलमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका ५० जनालाई उद्दार गरिएको छ । लकडाउनका कारणले देश बिभिन्न जिल्लामा रहेका कर्णालीबासीलाई मन्त्री भण्डारीको पहलमा उद्दार गरिएको हो ।
मन्त्री भण्डारीको पहलमा सिन्धुपाल्चोक जिल्लाबाट ३२, दोलखा २, काठमाडौं, ८, धादिङ, १, चितवन, ७ जनाको उद्दार गरिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
उद्दार गरिएकाहरुलाई आजै सिन्धुपाल्चोकदेखि सुर्खेतसम्म गन्तव्य स्थानमा पु¥याउन पहल गरिएको छ ।