होमपेज / समाज
सुर्खेत। नेपाल स्टेशनरी तथा पुस्तक व्यवसायी संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । सोमवार संघका अध्यक्ष सागर भुषालले नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाललाई नगद ५१ हजार एक सय ५१ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
संघले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेर राहत कोषलाई दिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले थालेको अभियानमा सहयोग पुगोस् भनेर रकम संकलन गरेर हस्तान्तरण गरिएको अध्यक्ष भुषालले जनाए ।