होमपेज / समाज
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले झापा र मोरङबाट आफ्ना नागरिकको उद्धार गरेको छ । रोजगारीको सिलसिलामा भारत गएका तर लकडाउन कारण घर आउन नपाएका उद्दार गरी बिहीबार साँझ ल्याएको हो ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दैै चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले भारतको बिहारमा काम गर्न गएका ३१ जना नागरिकलाई झापा र मोरङबाट उद्दार गरी ल्याइएको बताए । साथै ती मध्ये २० जना चौकुने गाउँपालिकाका नागरिक भएको र बाँकी आठबिस नगरपालिकाका दैलेखका २ जना, पञ्चपुरी नगरपालिका सुर्खेतका १ जना, कैलालीका ६ जना, जाजरकोटका २ जना रहेको बताएको छ । उनीहरूलाई गाउँपालिकाको खर्चमा दुइटा गाडी रिजर्भ गरी झापा र मोरङ पठाइएको अध्यक्ष शाहीको भनाइ छ ।
साथै उनीहरुलाई १८ दिनसम्म क्वारेन्टाइन समय पुरा गरेपनि उद्धार गरेको बताए । उनीहरू सबैको कोभिड–१९ परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । साथै गाउँपालिकाले पठाएका गाडीमा आएका अन्य जिल्लाका मानिस आ–आफ्नो ठाउँतर्फ गइसकेको समेत उनको भनाई छ ।
हाल गाउँपालिकामा भारतबाट आएका ८६ जना गुटु, ४५ जना बिजौरा, ६३ जना घाटगाउँ गरी जम्मा १ सय ९४ जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको उनको भनाई छ । भने ७ जनाको स्वाव परिक्षणका लागि पठाइएको उनको भनाई छ ।
