ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता

नेपालगाथा २०७७ बैशाख ५ गते शुक्रबार १३:३५:३७ मा प्रकाशित

काठमाडौं । सरकारले आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी बिहीबार तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।

सम्झौता गरिएका कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेको विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले भने, सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ, सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर छन् ।’

सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । निजी कम्पनीले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् ।

यस अघि मन्त्रालयले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top