ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य

नेपालगाथा २०७७ बैशाख ५ गते शुक्रबार ११:०४:३६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको चालु पाँचौ अधिवेशन अन्त्य भएकाे छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको चालु पाँचौ अधिवेशन २०७७ वैशाख  ५ गते शुक्रबार रातको १२:०० बजेदेखि लागू हुनेगरी अन्त्य भएकाे घाेषणा गर्नुभएकाे हाे ।

कर्णाली प्रदेश प्रदेश प्रमुखकाे कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक सूचना बिहीबार प्रकाशित गर्दै प्रदेश सभाकाे पाँचाै अधिवेशन अन्त्य भएकाे जानकारी दिइएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top