ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीच सम्झौता

अनलाइन शिक्षण प्रविधिका लागि पनि सम्झाैता

नेपालगाथा २०७७ बैशाख ४ गते बिहीबार १९:४५:५३ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र अन्तरराष्ट्रियस्तरमा ख्याती प्राप्त तथा अनलाइन शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको शैक्षिक संस्था Open Education Resource for Universities (OERu) बीच MOU सम्पन्न भएको छ । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र OERu का तर्फबाट वेनी म्याकिन्टस (पि.एच.डि.) बीच सम्झौता सम्पन्न भएको हो । OERu संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको युनेस्कोको एक महत्वपूर्ण परियोजना हो । जसलाई OER फाउन्डेसनले सञ्चालन गरिरहेको छ ।

विश्वभरिका ४१ वटा विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्था यसका पार्टनर छन् । एसियामा १३ र नेपालमा, नेपाल खुला विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय यसका साझेदार बनेका छन् । OERu आउटरिच पार्टनरसीप प्रोग्राम अन्तर्गत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्झौता गरेको हो । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको निर्देशन अनुसार विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक पन्चदेव भट्टले फोकल पर्सनका रुपमा सहजीकरण गर्नु भएको हो ।

यो संँगै उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको पहलकदमी तथा निर्देशनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक पन्चदेव भट्टको प्रत्यक्ष सहभागितामा विश्वविद्यालयले अर्को अग्रिणी संस्था Turnitin सँग सम्झौता गरेर अत्यन्तै उपयोगी अनलाइन शिक्षण प्रविधि भित्र्याएको छ । जसअन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु रहेका छन् । उपप्राध्यापक भट्टका अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालय, समग्र कर्णाली प्रदेश र नेपालकै लागि शैक्षिक क्षेत्रमा यो एउटा परिवर्तनकारी सम्झौता भएको बताउनुभएको छ ।

यी प्रणालीहरु मार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनमा मात्रै नभई भविष्यमा अनलाईनका माध्यमबाट विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक सामग्री तथा अनुसन्धान सोधपत्र आम नागरिक, विद्यार्थी वा जो सुकैलाई संसार भरिमा उपलब्ध हुने उहाँले बताउनुभयो । केही दिनभित्रै सम्बन्धित सबैलाई यो बारेमा तालिम प्रदान गरि संचालनमा ल्याईने उहाँले जानकारी दिनुभयो । यो सँगै सम्पूर्ण विश्वविद्यालयलाइ केही वर्ष भित्रमा e-University अर्थात प्रविधिमैत्री विश्वविद्यालयको रुपमा स्थापित गर्ने योजना अनुरुप अगाडि बढिरहेको कुरा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिनुभएको छ । विभिन्न चुनौतीहरु जस्तै विकट भागौलिक अवस्था, संचार तथा विद्युतको पर्याप्त पहुँच अभावका बावजुत विश्वविद्यालय र यो क्षेत्रको समग्र शैक्षिकस्तर उकास्नका लागि आवश्यक समन्वय तथा प्रविधिको क्षेत्रमा प्रयासरत छौ, उहाँले थप्नुभयो ।

सन् २०१० मा स्थापना भएको यो विश्वविद्यालयले अहिले कोभिड-१९ द्वारा सिर्जित लकडाउनमा यसको रोकथाम तथा न्यूनीकरणका लागी विभिन्न प्रयास गर्दै विभिन्न केन्द्रीय तथा आंगिक क्याम्पसमा अनलाईनका माध्यमबाट पठन-पाठन संचालन गरिरहेको छ भने जनचेतनाको लागि विभिन्न माध्यमबाट संदेशमुलक सामग्री समेत प्रशारण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top