होमपेज / समाज
सुर्खेत । मुगुका एक जना व्यक्तिमा र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। खत्याड गाउँपालिकाका ती व्यक्तिमा बिहीबार गरिएको र्यापिड टेस्टकाे रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले पुष्टी गरेका हुन् ।
रोजगारीका लागि भारत गएका उनी चैत्र १ गते रुपैडिया नाका हुँदै नेपाल आएकाे भए पनि चैत्र सात गतेमात्र मुगु पुगेको अध्यक्ष शाहीको भनाई छ ।
‘गोठिज्यूला झरेर उनीसहित दुई जना आएका रहेछन्’ अध्यक्ष शाहीले भने, ‘सँगै आएका व्यक्तिको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।’ गाउँपालिकाले र्यापिड टेस्टमा पोजेटिभ देखिएका व्यक्तिलाई गाउँपालिकाकै रातापानीमा आइसाेलेसनमा राखिएको जनाएकाे छ ।
‘उनको अवस्था अहिले सामान्य छ । उनका परिवारका सदस्यहरुको पनि परीक्षण गर्ने तयारी गरेकाे अध्यक्ष शाहीले बताए । उनले भने, ‘र्यापिड टेस्टमा पोजिटिभ देखिएका उनको पिसिअार परीक्षणका लागि स्वाब संकलन गरेर शुक्रबार सुर्खेत पठाउने तयारीमा जुटेको छाैं ।’