ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा अत्यावश्यक पसल खोल्न समय तालिका परिवर्तन

शुक्रबारदेखि दिउँसो मात्र अत्यावश्यक पसल खोल्न पाइने

नेपालगाथा २०७७ बैशाख ४ गते बिहीबार १९:१३:३५ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा शुक्रबारदेखि अत्यावश्यक वस्तुका पसल दिउसो ११ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने भएको छ । खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान ७ बजेदेखि ९ बजे र दिउँसो १ बजेदेखि ३ बजेसम्म खुल्दै आएको भएपनि शुक्रबारदेखि एकपटक मात्र पसल खुल्ला गरिने स्थानीय प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले उद्याेग वाणिज्य सघ सुर्खेतसँग गरेको छलफल पछि शुक्रबारदेखि दिनमा एकपटक मात्र अत्यावश्यक वस्तुको पसलबाहेक अन्य सम्पुर्ण पसलहरु बन्द गरिने सुर्खेत उद्याेग वाणिज्य स‌घका महासचिव लक्षमण कँडेलले बताए ।

महासचिव कँडेलले यसअघि अत्यावश्यक वस्तुको पसल बिहान र बेलुका खोल्न दिँदा अत्यधिक भिडभाड बढेको भन्दै त्यसलाई रोक्न समय परिवर्तन गरिएको बताए । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहिबार गरेको निर्देशन पछि उद्याेग वणिज्य सघ सुर्खेतले दिनमा एकपटक मात्र अत्यावश्यक वस्तु खरिद बिक्री गर्ने र उपभोक्ताबीच कम्तीमा तीन फिटको दुरी कायम गर्न व्यवसायीलाई आग्रह गरिएको महासचिव कँडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top