ट्रेण्डिङ

होमपेज / समाज

र्‍यापिड टेस्टमा पोजिटिभ देखिए पनि पीसीआर रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७७ बैशाख ४ गते बिहीबार १४:४२:३४ मा प्रकाशित

विराटनगर । आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका झापाको हल्दीबारी गाउँपालिकाको एक युवकको स्वाब परीक्षण नेगेटिभ आएको छ । कोसी अस्पतालको आइसोलेसन वार्डमा पोजिटिभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि बुधबार कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा सबैको नेगेटिभ आएको हो।

उनको स्वाबको नमुना संकलन गरी बुधबार कोशी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षणका लागि पठाइएको थियो। कोशी अस्पतालका प्रवक्ता डा। लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएको २१ जनाको स्वाबको नमुना परीक्षण गदा सबेको नतिजा नेगेटिभ आएको पुष्टि गरे।

बुधबार हल्दीबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नबर २ का ३९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो। उक्त गाउँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो। ६१ जनाको स्वास्थ्य परीक्षण परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको थियो । युवक चैत ५ गते दुबईबाट घर फर्केका थिए । आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top