ट्रेण्डिङ

होमपेज / समाज

सनसिटी अपार्टमेन्टका २ सय ९६ जनाकाे र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७७ बैशाख ३ गते बुधबार १६:०४:५७ मा प्रकाशित

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ अाएकाे छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।

ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी  दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top