होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा मगलबार मध्यराती ३५ जनालाई राखिएको छ । उनीहरु नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि गएका थिए । लकडाउन शुरु भएपछि उनीहरु केही दिन अघि सुर्खेत–बर्दियाको सीमा बबइमा आएर रोकिएका थिए । क्वारेन्टाइनमा राखिएकाहरु मध्ये ३३ पुरुष, दुइ जना महिला र बच्चा छन् । यी मध्ये दैलेखका १०, जाजरकोटका ८, सुर्खेतका ६, सल्यानका ५, जुम्लाका ३, अछामका २ र रुकुमपश्चिमका एक जना छन् ।
मकवानपुर, सप्तरी, रुपन्देहीलगायतका जिल्लाबाट आएका उनीहरुबाट थप संक्रमण फैलिन नदिँन उच्च सर्तकता अपनाउन क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘उच्च सावधानी अपनाउनकै लागि कर्णालीमा आउने नयाँ व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेका हौं’ मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ, रिपोर्टपछि मात्रै के गर्ने भन्ने निर्णय लिनेछौं ।’