होमपेज / समाज
काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ वर्षीय छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये हजुरआमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।